कारोबार


जिल्ला नगरमा चन्द्र ढकाल–हेमराज समूह : ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

जिल्ला नगरमा चन्द्र ढकाल–हेमराज समूह : ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

नेपालखबर
चैत २३, २०८२ सोमबार १६:४७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा जिल्ला नगरतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समूहको पकड बलियो देखिएको छ।

पछिल्लो समय ५ वटा महासंघ प्रदेशको निर्वाचन भएकोमा ४ जना प्रदेश अध्यक्षहरु सो समुहबाट निर्वाचित भएसँगै उक्त समूह बलियो देखिएको हो।

आजसम्म महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेशमध्ये उक्त समूहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन्। यसअनुरूप गण्डकीमा उक्त समूह नरेश कँडेल सर्वसम्मतिमा अध्यक्ष भएका हुन्। 

उक्त प्रदेशको शुक्रबार अधिवेशन सम्पन्न भएको थियो। यसैगरी मधेशबाट विजय साह र कर्णालाीबाट धनबहादुर ओली सर्वसम्मतिमा निर्वाचित भएका हुन्। 

तर लुम्बिनी प्रदेशमा भने वरिष्ठ उपाध्यक्ष अञ्जन तथा आगामी वरिष्ठ उपाध्यक्षका प्रत्याशी सुरकृष्ण वैद्य समूहबाट अध्यक्ष निर्वाचित भएका हुन्। 

यसैगरी आइतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादुर राउत भारी मतान्तरले विजयी भएका छन्। 

उनले खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका हुन्। 

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरु भूमिका महत्त्वपूर्ण हुन्छ। 

हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ४ वटा प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समूहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्त्व राख्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad