कारोबार


कुन रुटमा कति पुग्यो भाडा? (सूचीसहित)

कुन रुटमा कति पुग्यो भाडा? (सूचीसहित)

नेपालखबर
चैत २५, २०८२ बुधबार १७:२८, काठमाडौँ

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। 

वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले  नेपालखबरलाई जानकारी दिए। 

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए। 

विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ। 

सवारीको विशेषताको आधारमा भाडा दर फरक हुन्छ। साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारको सवारी साधनको भाडा दर छुट्टा छुट्टै हुन्छ। काठमाडौं–इलामको भाडा दर ३४३ रुपैयाँले बढेको छ।

भाडा समायोजन हुनु अघि काठमाडौं–इलामको साधारण तर्फ भाडा दर २ हजार ५२ रुपैयाँ थियो। नयाँ सूची अनुसार साधारण भाडा दर २ हजार ३९५ रुपैयाँ, डिलक्स २ हजार ८७३ रुपैयाँ र सुपर डिलक्स ३ हजार ४४८ रुपैयाँ कायम भएको छ। 

यस्तै काठमाडौं–अत्तरिया–सिलगढी साधारण तर्फ २ हजार ९७५ रुपैयाँ, डिलक्स ३ हजार ५७० रुपैयाँ र सुपर डिलक्स ४ हजार २८४ रुपैयाँ कायम भएको छ। 

काठमाडौं– कलैया साधारण तर्फ १ हजार १ रुपैयाँ, डिलक्स १ हजार २०१ रुपैयाँ र सुपर डिलक्स १ हजार ४४१ रुपैयाँ कायम भएको छ।

सूची हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad