हिमालयन रिइन्स्योरेन्सले रिक्त तीन सञ्चालक पदमा तीन जनालाई मनोनयन गरेको छ।
कम्पनीले उदय कुमार निरौला, दीपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापालाई मनोनयन गरेको हो।
कम्पनीको सञ्चालक समितिको बैठकले उनीहरुको मनोनयन स्वीकृत समेत गरिसकेको छ।
शेखर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ता बाहिरिएपछि नयाँ सञ्चालकको इन्ट्री भएको हो।
साथै उदय कुमार निरौलालाई कम्पनी सञ्चालक समितिको अध्यक्षमा समेत नियुक्त गरिएको छ। उनी २५ गतेदेखि हिमालयन रिको अध्यक्ष बनेका हुन्।
117
Shares

प्रतिक्रिया