कारोबार


गहुँ र चैते धानको तोकियो न्यूनतम समर्थन मूल्य

गहुँ र चैते धानको तोकियो न्यूनतम समर्थन मूल्य

नेपालखबर
चैत २८, २०८२ शनिबार ६:४०, काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। 

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो।

चालु आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा र धानको मूल्य तीन हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। 

यो १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य हो। १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ।

गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो। 

गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो। 

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad