कारोबार


यातायात भाडा समायोजन गर्न महासंघको माग

यातायात भाडा समायोजन गर्न महासंघको माग

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १४:४०, काठमाडौँ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य ६ दिनमै पुनः बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको छ। 

महासंघले विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो। गत चैत २५ गते सरकारले भाडा समायोजन गरेको थियो। त्यसपछि २७ गते पेट्रोलियम पदार्थ डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ दिन नहुँदै पुनः वैशाख २ मा डिजेलमा ३० रुपैयाँ बढेको र दुईपटक गर्दा डिजेलमा ५५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेकाले भाडा समायोजन गनुपर्ने महासंघको माग छ। 

‘२०६५ सालबाट ५ प्रतिशतत पेट्रोलियम पदार्थको वृद्धि हुँदा वैज्ञानिक विधिअनुसार भाडा समायोजन यातायात व्यवस्था विभागले गर्दै आएकोमा विगत दुई वर्षदेखि ५ प्रतिशत बढ्दा स्वचालित प्रणालीबाट भाडा समायोजन नभएको हुँदा यथाशीघ्र भाडा समायोजन गरिदिन अनुरोधका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हवाइ यात्रु पर्यटक ट्याक्सी (प्रिपेड ट्याक्सी)को भाडा २०७२ सालदेखि भाडा समायोजन यातायात व्यवस्था विभागबाट गर्दै आएकाले हालसम्म पनि त्यहाँ सञ्चालन हुने सवारीसाधनको भाडा समायोजन नभएकोले यसका लागि अनुरोध गरिन्छ’, महासंघले विज्ञप्तिमा भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad