नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन्। उनले शुक्रबार राजीनाको घोषणा गरेका हुन्।
श्रेष्ठले बोर्ड बैठकमा राजीनामा दिने घोषणा गरेका तर, शुक्रबार साँझसम्म औपचारिक रुपमा राजीनामा आईनसकेको अर्थमन्त्रालयका एक अधिकारीले बताए।
‘उहाँले बोर्ड बैठकमै राजीनामा दिने घोषणा गर्नुभएको भन्ने थाहा पायौँ। तर, साढे ५ बजेसम्म राजीनामा प्राप्त भएको छैन,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।
श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि बोर्डको अध्यक्ष नियुक्तमा लामो समय खिचातानि भएर अल्झिएको थियो।
योजना आयोगको उपाध्यक्ष संयोजक रहेको समितिले धितोपत्र बोर्डको अध्यक्षका लागी तीन जनाको नाम सिफारिस गरेको थियो। त्यसमध्ये तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष भएका थिए।
उनी सेबोनको अध्यक्ष नियुक्त भए लगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अध्यक्ष भएपछि श्रेष्ठले बिचौलिया प्रयोग गरेर विभिन्न कम्पनीको आईपीओ निश्कासनमा कमिशनको बार्गेनिङ गरेका थिए। विशेषगरी जलविद्युत कम्पनीको आइपीओमा श्रेष्ठले बिचौलियामार्फत बार्गेनिङ गरेका थिए। सोही विषयमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो।
श्रेष्ठलाई बिचौलियाहरुले नै सेबोनको अध्यक्षको नियुक्ति दिलाएको टिप्पणी हुने गरेको थियो।
त्यति मात्रै होइन, श्रेष्ठले आफ्नै लगानी रहेको बुंगल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आइपिओ) उनी सेबोनको अध्यक्ष रहेकै समयमा निश्कासन गरेका थिए। उक्त कम्पनीमा श्रेष्ठको ०.६२ प्रतिशत सेयर छ।
विवादै विवादको घेरामा रहेका श्रेष्ठ १७ महिना धितोपत्र बोर्डको अध्यक्ष रहेर बाहिरिन लागेका हुन्।
लेखा समितिको निर्णय उल्ट्याउन सेबोनलाई अर्थ समितिको दोस्रो पत्र, नेटवर्थको लगाम हटाउन निर्देशन
सेबोन अध्यक्षको सेयर रहेको बुंगल हाइड्रोको आईपीओ निष्काशनमा
प्रहरीलाई अघि लगाएर कार्यकक्ष पुगे सेबोन अध्यक्ष सन्तोषनारायण
Shares

प्रतिक्रिया