नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रबन्धक निर्देशक प्रवीण पन्दकलाई जिम्मेवारीबाट हटाएको छ।
नेप्से सञ्चालक समितिको बैठकले उनलाई नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको स्रोतले बतायो।
२०८१ पुस १४ मा पन्दकलाई सीडीएससीको कार्यकारी प्रमुखको जिम्मेवारी पनि दिइएको थियो।
त्यसअघि सीडीएससीको कार्यकारी प्रमुख रहेका पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि अर्को व्यवस्था नहुन्जेलको लागि पन्दकलाई नेप्सेले जिम्मेवारी दिएको थियो।
अहिले अर्को व्यवस्था नभई पन्दकलाई जिम्मेवारीबाट हटाइएको हो।
सीडीएससीमा रहँदा पन्दकले दोस्रो बजारमा सूचीकृत हुँदा कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयर एउटै वर्गमा राख्ने वा छुट्याउने भन्ने विषयलाई टुंगो लगाउन सकेकी थिइनन्।
249
Shares

प्रतिक्रिया