कारोबार


सहकारीलाई ऋण असुलीका लागि काठमाडौँ महानगरले सहजीकरण गर्ने

सहकारीलाई ऋण असुलीका लागि काठमाडौँ महानगरले सहजीकरण गर्ने

नेपालखबर
जेठ १, २०८३ शुक्रबार ९:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले ऋण असुली सहजीकरण आवश्यक भए सम्पर्क गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ। 

महानगरपालिको सहकारी विभागले आज सूचना जारी गर्दै ऋण लिई लामो समयसम्म भाखा नाघ्दा पनि ऋण चुक्ता नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण सङ्कलन गरी प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन सहजीकरण गरिएको भन्दै यस्तो आग्रह गरेको हो। 

‘ऋण लिई लामो समयसम्म भाखा नाघ्दा पनि ऋण चुक्ता नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण सङ्कलन गरी प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन  यस विभागले एसएमएस तथा पत्राचार गरी सहजीकरण गर्ने कार्य गरिरहेको हुँदा काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भएका इच्छुक सहकारी संस्थाहरूलाई देहाय बमोजिमका विवरण तथा कागजातहरू संलग्न गरी यस विभागमा उपलब्ध गराउन सूचित गरिन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad