कारोबार


लाइसेन्स खारेज गर्नुअघि १७ इन्टरनेट कम्पनीलाई सरकारले दियो सफाइको अन्तिम मौका

लाइसेन्स खारेज गर्नुअघि १७ इन्टरनेट कम्पनीलाई सरकारले दियो सफाइको अन्तिम मौका

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १२:१७, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट सेवा प्रदायकहरुलाई सफाइको अन्तिम मौका दिएको छ।

केही आर्थिक वर्षदेखि नियमानुसार बुझाउनुपर्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको बक्यौता रकम नतिरेर सम्पर्कमा नआएका १७ आईएसपीहरुको लाइसेन्स खारेज गर्नुअघि प्राधिकरणले सफाइको मौका दिएको हो।

प्राधिकरणले १५ दिनभित्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ (४) बमोजिम सफाइ पेस गर्न अन्तिम मौका दिएको जनाएको छ।

प्राधिकरणले बेनी कम्युनिकेसन, ब्रोडब्यान्ड सोलुसन्स, बिग मर्स्याङ्दी नेट, डिभाइन स्ट्रिम नेटवर्क, क्लिन नेटवर्क, जीआरएस लिंक इन्टरनेट सर्भिस, कालिका नेट, कस्मिम नेटको लाइसेन्स खारेज गर्नुअघि अन्तिम मौकाको सुविधा दिएको छ। यस्तै, डाइरेक्ट मिडिया, क्षिरेश्वर नेटवर्क, मेट्रोलिंक बिजनेस, नेपाल नेट संचार, प्राइम नेटवर्क, सांग्रिला इन्फोम्याटिक्स, अल्ट्रानेट कम्युनिकेसन, युनिफाइड कम्युनिकेसन र युनाइट नेटवर्कसलाई प्राधिकरणले अन्तिम मौका दिएको छ।

यी सेवा प्रदायकहरुलाई आवश्यक विवरण बुझाएर राजस्व दाखिला गर्न प्राधिकरणले पटक-पटक पत्राचार, इमेल तथा सार्वजनिक सूचनामार्फत सूचित गराएपनि अटेर गरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad