कारोबार


निगमका न्यारोबडी जहाजले बिहीबार र शुक्रबार हङकङ उडान गर्ने

निगमका न्यारोबडी जहाजले बिहीबार र शुक्रबार हङकङ उडान गर्ने

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ७:५५,

नेपाल वायुसेवा निगमका न्यारोबडी जहाजले हङकङका लागि बिहीबार र शुक्रबार २/२ उडान गर्ने भएका छन् ।

हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता लैजाने भएपछि निगमका जहाजले उडान गर्ने भएका हुन्।

‘आगामी ४ र ५ तारिखमा दुई/दुई न्यारोबडी हङकङ उडान गर्न बुकिङ भएका छन्’, नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘हङकङमा बसोबास गर्ने नेपाली फर्किन लागेका हुन्।’

एउटा न्यारोबडीमा बच्चाबाहेक १ सय ५८ जना नागरिक यात्रा गर्न सक्छन्। चार न्यारोबडीमार्फत ६ सय ३२ जना यो हप्ता नै हङकङ फर्किन सक्नेछन्।

यसअघि सोमबार राति निगमको दुई न्यारोबडी र एक वाइडबडी विमानमा ५ सय ८० बढी नागरिक फर्किसकेका छन्। उनीहरुले न्यारोबडीमा ८५ हजार र वाइडबडीमा १ लाख भाडा तिरी फर्किएका हुन्।

विद्यालय, विश्वविद्यालय, व्यापार/व्यवसाय र रोजगारीका लागि महंगो चार्टर्ड जहाजमा उनीहरु फर्किएका छन्। उनीहरु हङकङ फर्किएर १४ दिन क्वारेन्टिनमा बसी आफ्नो घर तथा काममा फर्किन पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad