कारोबार


दयाहाङ राई जोडिए क्रिएशन र कोका-कोलाको जारी राहत वितरण पहलमा

दयाहाङ राई जोडिए क्रिएशन र कोका-कोलाको जारी राहत वितरण पहलमा

नेपालखबर
जेठ २५, २०७७ आइतबार १२:४८,

क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको साथमा सफाईकर्मी समुदायका लागि राहत वितरण गरेको छ।

तेस्रो साताको राहत वितरण कार्यक्रममा अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको उपस्थिति थियो। यो राहत वितरण कार्यक्रम क्रिएशन र द कोका-कोला फाउन्डेशनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २८७ सफाईकर्मी माझ पुगी लाभान्वितहरुलाई गुणस्तरीय राशन प्याकेजहरु, औषधि, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई समावेश गरिएको रक्षात्मक सामग्री प्रदान गरेका थिए।

यसका साथै चिकित्सा परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो। राहत वितरण कार्यक्रमहरु टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म १५ वटा राहत कार्यक्रम सम्पन्न गरि १४०० भन्दा बढी सफाईकर्मीहरु लाभान्वित भइसकेका छन्। यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ७१०० भन्दा बढि लाभान्वित भइसकेका छन्।

यसका साथै ४५० वटा रक्षात्मक सामग्री वितरण गर्नुका साथै जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो। परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उत्थानमा मदत पुराउने छ।

यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, ‘हामी अर्को एक साताका लागि अधिक सफाईकर्मी, हाम्रा पर्यवरण नायकहरुलाई सहयोग गर्न सक्षम हुँदा सविनय महशुस गर्दछौं। हामी यो परियोजनामार्फत धेरै भन्दा धेरै सफाईकर्मीहरु माझ पुग्न निरन्तर कोशिस गरिरहेका छौं र सकेसम्म हाम्रो सहयोगलाई अझ विस्तार गर्ने आशा गर्दछौं।’

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हाम्रो र वातावरणको सेवामा समर्पित अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई हामी कृतज्ञता र आभार प्रकट गर्दछाैं र क्रिएशनको साथ हामी उनीहरुको सुरक्षा र स्वास्थ्य प्राथमिकतामा रहेको सुनिश्चित गर्न चाहान्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad