सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेकाहरुमध्ये छनौटमा परेका उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेका हुन्।
को–को पुरस्कृत भए?
पुरस्कृत हुनेमा दुवईमा काम गरी फर्किएका कान्तिपुर पोल्ट्री ब्रिडिंग फर्मका नवराज पौडेल, कोरियाबाट फर्किएका दिपक चापागाईं, यूएईबाट फर्किएका भोजपुरका निरबहादुर राउत, मलेसियाबाट फर्किएका सिन्धुलीका एकबहादुर स्याङतान रहेका छन्। उनीहरुमध्ये पौड्यालले नगद १ लाख र चापागाईं र राउत तथा स्याङतानले जनही ५० हजार पुरस्कार पाएका छन्।

त्यस्तै दक्षिण कोरियामा पानी जहाजमा काम गरेका मकवानपुर हेटौंडाका मनोज कुमार भारतीले ५० हजार, यूएईबाट फर्किएकी शर्मिला अधिकारीले ५० हजार, दक्षिण कोरियाबाट फर्किएर नेपालमै उद्यम गरिरहेका कैलाली धनगढीका त्रिलोक पनेरुले ५० हजार पुरस्कार पाएका छन्।
स्वदेशमै श्रम गर्ने ६ उद्यमीलाई सरकारले उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारले सम्मान गरेको हो। पुरस्कार पाउनेमध्ये पौड्यालले आफ्नो उद्यमबाट ४८ जनालाई रोजगारी दिएका छन्। त्यस्तै, चापागाईंले प्लाष्टिकका सामग्री उत्पादन गर्ने कार्य गरेर आएका हुन्। उनले कवाडीबाट सामान उत्पादन र फोहोरबाट ग्यास उत्पादनको काम सुरु गरेका छन्। १७ जनालाई उनले रोजगारी दिएको बताइएको छ। त्यस्तै अन्य पुरस्कृत उद्यमीले पनि ठूलो संख्यामा रोजगारी दिएका छन्।

प्रतिक्रिया