ad ad

कारोबार


आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन सुरू

आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन सुरू

नेपालखबर
असार ९, २०७७ मंगलबार ११:४४,

सूचना प्रविधि क्षेत्रमा परिचित आईसीटी अवार्डको पाँचौँ संस्करणको अनलाइन आवेदन आइतबारदेखि सुरु भएको छ।

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्म खुल्ला रहने आयोजकले जनाएको छ।

कोरोनाको प्रभाव र महामारीको कारण केही ढिला भएको यो अवार्डको अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने जानकारी गराएको छ।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्ड गरिने र यसपालि इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड विधा थप गरिएको लिभिङ विथ आईसीटीले जनाएको छ।

स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन्।

यसैगरी पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्ट्रप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन्।

डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आईसीटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन्। सन् २०१६ देखि सुरु भएको आईसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .