सरकारले साढे तीन महिनादेखि बन्द गरेको वैदेशिक रोजगारी खुल्ला गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बिहीबार दिउँसोबाट पुनः श्रम स्वीकृति खुल्ला गरिएको बताएका हुन्।
काठमाडौंसहित सबै प्रदेश कार्यालयबाट पुनः श्रम स्वीकृति दिने निर्णय भएको छ। वैदेशिक रोजगार व्यवस्थापन शाखाले पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार विभागलाई पत्र पठाएको थियो।
असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकालाई कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो।
यसअघि नै करार अवधि समाप्त भएका तर पुनः नविकरण गरेका र भिसाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरुसहित निवेदन दिएमा उनीहरुले पनि पुनः श्रम स्वीकृति पाउनेछन्।
त्यसअघि फागुन २९ गते कोरोना रोकथाम तथा संकट व्यवस्थापन समिति सीसीएमसीको बैठकले वैदेशिक रोजगारीमा जानेलाई दिने श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया