कारोबार


अनामनगरस्थित धाेबीखाेला पुलको उचाइ डेढ मिटर घटाईंदै

अनामनगरस्थित धाेबीखाेला पुलको उचाइ डेढ मिटर घटाईंदै

नेपालखबर
साउन १२, २०७७ सोमबार १३:२४,

अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको) पुलको उचाइ कम गरिने भएको छ।

निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो। सो पुलको डेढ मिटर उचाइ कम गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ। वर्षाको समयमा पानीको तह माथिसम्म पुग्ने भएकाले पुल अग्लो बनाइएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। सो स्थानमा खोलाको जग्गा मिचिएको छ।

हाल निर्माणको काम गरिरहेको कम्पनीले नै सो पुलको उचाइ कम गर्नेछ।

उनले भने, ‘हामीले सो पुलको उचाइ कम गर्न कम्पनीलाई भनिसकेका छौँ।’

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको केही दिन पहिले भएको बैठकमा बोल्दै सदस्यहरुले पुल अग्लो हुँदा नागरिकले प्रयोग गर्न नपाएको बताएका थिए। देशभरका बिभिन्न स्थानमा बनेका पुल आवश्यकताभन्दा अग्लो भएको, खोला एकातिर र पुल अर्कातिर भएकोलगायतका गुनासो सडक विभागमा आउने गरेको छ।

विभागले भने खोलाले समय समयमा यसको दिशा बदल्ने हुँदा दुई तीन वर्ष पहिले गरिएको डिजाइन पछि काम फरक पर्न सक्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad