हिमालय बैंकले तीन वर्षदेखि निष्कृय रहेका सबै खाताहरु बन्द गर्ने भएको छ। त्यस्तै बैंकले २ सयभन्दा कम रकम मौजात रहेका खातासमेत बन्द गर्ने भएको छ।
बैंकले तीन र्षदेखि निष्कृय रहेका खाताहरु आगामी असोजभित्र सक्रिय बनाए बैंकले खाता बन्द गर्ने पनाएको छ।
हिमालय बैंकले एक सूचना जारी गर्दै तीन वर्षदेखि निष्कृय रहेका र २ सयभन्दा न्युन मौजदात रकम रहेका निक्षेप खाताहरु बन्द गर्ने जानकारी दिएको हो।
बैंकले निष्कृय रहेका र कम रकम रहेका खातावादलहरुलाई आफूले खाता खोलेको शाखामा उपस्थित भई यस्ता खाता सक्रिय बनाउनका लागि अनुरोध समेत गरेको छ।
बैंकले असोज ३० गतेसम्म त्यस्ता खाता सक्रिय नबनाए जुनसुकै बेला बन्दगर्न सक्ने जानकारी दिएको छ।

प्रतिक्रिया