ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले पदभार ग्रहण गरेका छन्। बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए। कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल आईएमईले अब्बल बैंकर बज्राचार्यलाई दोस्रो कार्यकालका लागि पाएको बताए।
यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उनले खेलेको भूमिका सराहनीय रहेको ढकालले बताए। अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उनको भूमिका रहने ढकालको भनाई थियो।
पदभार ग्रहण पछि सीईओ बज्राचार्यले ग्लोबल आईएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए। उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए।
उनले मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको भन्दै यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने बताए।

प्रतिक्रिया