समाज


कैलालीमा लाखौंको अवैध काठ बरामद, दुई पक्राउ

कैलालीमा लाखौंको अवैध काठ बरामद, दुई पक्राउ

नेपालखबर
भदौ १, २०७७ सोमबार १०:१४,

कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ।

बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रु दुई लाख बढीका चोरीका सामान बरामद
प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट बेवारिसे अवस्थामा चार बोरा सुपर पावर सुर्ती अन्दाजी रु ३५ हजार मूल्य बराबरको समान बरामद गरेको छ। धनगढीकै वडा नं ७ बाट से १ ह २२८७ नम्बरको विद्युतीय रिक्सामा चार बोरा बिडी, एक बोरा सुपर पावर सूर्ती र दुई बोरा प्लाष्टिकको झोला गरी अन्दाजी रु एक लाख ४५ हजार मूल्य बराबरका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

आवश्यक कानूनी कारबाहीका लागि विद्युतीय रिक्सासहित सरसामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको बताइएको छ। त्यस्तै टीकापुर नगरपालिका–७ खैरीघाटस्थित धानबारीमा चार क्विन्टल ५० किलोग्राम केराउ अन्दाजी मूल्य रु २२ हजार ५०० बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा पठाइएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad