कारोबार


रिलायन्सको शेयर आजदेखि सर्वसाधारणको लागि खुला

रिलायन्सको शेयर आजदेखि सर्वसाधारणको लागि खुला

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ३:५२,

आजदेखि रिलायन्स लाइफले सर्वसाधारणका लागि शेयर खुला गर्दै छ।

जीवन बीमा कम्पनी कम्पनी रिलाइन्सले धितोपत्र बोर्डको स्वीकृतिमा ४ भदौदेखि आइपिओका लागि आवेदन खुला गर्न लागेको हो। आवेदन छिटोमा भदौ ८ र ढिलोमा भदौ २२ गतेसम्म रहने कम्पनीले जनाएको छ।

कम्पनीको एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ। सर्वसाधारणका लागि ५६ लाख कित्ताका लागि शेयर खुलाइने कम्पनीले जनाएको छ।

त्यसैगरी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको पनि कम्पनीले जनाएको छ।

आइपिओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्मका लागि अंकित गर्नुपर्ने छ। चुक्ता पुँजी १ अर्ब ४७ करोड भएको कम्पनीले आइपिओमार्फत् ६३ करोड उठाएपछि २ अर्ब १० करोड हुने छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ४५ पैसा कायम गरिएको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ। सञ्चालनमा आएको पहिलो वर्ष ७ करोड मुनाफा आर्जन भएको कम्पनीले जनाएको छ।

कम्पनीले आगामी तीन वर्षमा ७१ करोड नाफा कमाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad