कारोबार


एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

नेपालखबर
भदौ १४, २०७७ आइतबार ६:५३,

एनएमबी बैंक र सामसङ मोबाइलको अधिकृत बिक्रेता आईएमएसबीच मोबाइल खरिद गर्दा ग्राहकलाई कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार ग्राहकले मोबाइल किन्दा बैंकबाट ईएमआई कर्जा पाउनसक्नेछन्। समझदारीपत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र आईएमएसका तर्फबाट सेल्स एन्ड अपरेसन प्रबन्धक नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन्।

दुई दिनअघि भएको सम्झौताअनुसार एनएमबीका ग्राहकले सामसङको अधिकृत बिक्रेता आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेट किन्दा एनएमबी सुलभ किस्ता योजनाअनुसार ९ महिनासम्म सरल किस्तामा सामान किन्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad