नेपाल पर्यटन विभागले कोभिड १९ पछि पहिलो टोली हिमाल आरोहणको अनुमति दिएको छ। विभागले ६ जनाको टोलीलाई हिमाल आरोहणका लागि अनुमति दिएको हो।
७ हजार १२९ मिटर उचाइको माउन्ट बरुन्त्से आरोहणको लागि अनुमति दिएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्। शरद ऋतुको लागि विभागबाट अनुमति लिने पहिलो टोली हो।
सरकारले साउन १५ पछि हिमाल आरोहण गर्नेलाई अनुमति दिने निर्णय गरेको थियो। त्यस्तै हिमाल आरोहणकै लागि बहराइनका राजकुमार भदौ ३१ मा नेपाल आउँदै छन्। राजकुमारसहित १८ जना लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन्।
६ जनाको टोलीले रोयल्टीबापत १८ हजार बुझाएका छन्। यो हिमाल आरोहण गर्ने नेपाली टोली हो। हिमाल आरोहण अनुमति पाएको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछन्।
3
Shares

प्रतिक्रिया