समाज


जनकपुरको मणिपाललाई कोभिड विशेष अस्पताल बनाइने

जनकपुरको मणिपाललाई कोभिड विशेष अस्पताल बनाइने

शैलेन्द्र महतो
भदौ १९, २०७७ शुक्रबार १२:१८,

जनकपुरको मणिपाललाई प्रदेश २ सरकारले कोभिड विशेष अस्पताल बनाउने निर्णय गरेको छ।

शुक्रबार प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले संक्रमितहरुलाई उपचारका लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो। प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ। 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।

संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्नको लागि तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्न सबै तयारी अगाडि बढाउनको लागि उनले निर्देशन दिए। जनशक्तिलाई व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगको मार्फत थप गर्ने बताए।

यस क्षेत्रमा हाल कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरुमा हुने गरेको छ। तर, त्यो दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

कोभिड विशेष अस्पताल तयार गर्नको लागि आवश्यक श्रोतसाधन र जनशक्ती व्यवस्थापनको जिम्मा सम्बन्धित मन्त्रालयहरुलाई दिइएको छ।

बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो। रकमको आवश्यकक्ता महसुस गरेर १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको हो।

कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad