समाज


धनगढीबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

धनगढीबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
जेठ २७, २०८३ बुधबार १५:२३, काठमाडौँ

कैलीलीको धनगढीबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

यही जेठ २६ गते धनगढी उपमहानगरपालिका ५ सत्कार चोक नजिक रविन खड्काको घरमा डेरा गरी बस्ने भारतको जिल्ला लखिमपुरखिरी घर भएका वर्ष २४ को साहिल खानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

खानको डेराकोठामा शंका लागि चेकजाँच गर्दा उनको कोठाबाट विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।

उनको कोठाबा६ कटुवा पेस्तुल थान -१, रेन्च थान -१, चाँदीको करुवा थान -१, चाँदीको जस्तो देखिने घाटीमा लगाउने माला थान -२, टर्चलाईट थान -२, फलामको रड थान -१, फलामको टी थान-१, डिजिटल काटा थान -१ र खुकुरी थान -१ बरामद भएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad