समाज


जनकपुरमा पनि पत्रकारहरू आन्दोलित

जनकपुरमा पनि पत्रकारहरू आन्दोलित

नेपालखबर
जेठ २७, २०८३ बुधबार १६:२५, काठमाडौँ

सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जनकपुरमा पत्रकारहरुले धर्ना दिएका छन्। 

नेपाल पत्रकार महासंघको आह्वान तथा धनुषा शाखाको अगुवाइमा बुधबार पत्रकारहरूले जिल्ला प्रशासन कार्यलय अगाडि एक घण्टा धर्ना दिएका हुन्।

पत्रकारहरूले मिडियाविरोधी नीति फिर्ता लिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने तथा पत्रकारहरुको सुरक्षाको ज्ञारेन्टी सरकारले गर्नुपर्ने लगायतका माग राखेका छन्। धर्नामा सहभागी पत्रकार पूर्ण साहले सरकारको विभेदकारी विज्ञापन नीतिले श्रमजिवी पत्रकारहरु समस्यामा परेको बताए। 

संचारमाध्याममा विज्ञापन कटौती हुँदा पत्रकारहरुको रोजगारी नै गुमेको उनको भनाई छ। सरकारले सञ्चारमाध्यमलाई प्रवर्द्धन गर्नुपर्नेमा उल्टो नियन्त्रण गर्न खोजेको उनको आरोप छ।

पत्रकार शंकर सिंहले संघीय सरकार पत्रकारहरूसँग डराएको बताए। पत्रकारदेखि डराएर संघीय सरकारले निजी सञ्चारमाध्यामलाई बन्द गर्ने रणनीतिमा लागेको उनको आरोप छ। तर सरकारको निर्णय विरुद्ध शान्तिपूर्ण रुपमा निरन्तर आन्दोलन गरिरहने उनले बताए। उनले विश्वमा कहीँ पनि विज्ञापन नीतिमा बन्देज नरहेको बताए।

सरकारले सरकारी विज्ञापन निजी संचारमाध्याममा दिन रोक लगाएपछि पत्रकार महासंघ तथा मिडिया सञ्चालकहरुले आन्दोलनका कार्यक्रम जारी राखेका छन्। नेपाल पत्रकार महासंघले सरकारले विभेदकारी निर्णय फिर्ता नलिएसम्म आन्दोलन गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad