कारोबार


विमान कम्पनीले मागे अन्तर्राष्ट्रिय उडानको संख्या सरकारले थपिदिने

विमान कम्पनीले मागे अन्तर्राष्ट्रिय उडानको संख्या सरकारले थपिदिने

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ९:३८,

चार मन्त्रालयले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरेका छन्।

यसबारे बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल भएको हो।

सोसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच भएको उच्चस्तरीय परामर्श भएको थियो। परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो।

त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ। त्यस्तै विदेशबाट रोजगारदाता कम्पनी वा विदेशी विमानले त्यसरी ल्याइदिन आग्रह गरेमा यसअघि ८ सय जना मात्र आउन दिइएकोमा अब यो संख्या तीन हजार पुर्याइने मन्त्रालयले जनाएको छ।

यसअघि इत्तिहाद एयरले निःशुल्क कामदार ल्याउँछु भन्दा पर्यटन मन्त्रालयले अनुमति दिएको थिएन।

त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने र नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले जनाएका छन्।

उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील भएको भन्दै उनीहरुलाई स्वदेश फिर्ताका लागि सरकारले सक्दो कोशिस गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad