कारोबार


धरान उपमहानगरले सुरु गर्‍यो अनलाइन कर सेवा

धरान उपमहानगरले सुरु गर्‍यो अनलाइन कर सेवा

नेपालखबर
असोज २, २०७७ शुक्रबार १३:१३,

धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।

अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।

शुक्रबारदेखि पूर्णरुपमा काम सुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए।

बिहीबार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो।

उपमहानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा सुरु गरिएको उपप्रमुख भण्डारीले बताइन्।

कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ। त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आईपीएसका माध्यमबाट वा ईसेवा बालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .