सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई आर्थिक सहयोग गरेको छ।
बैंकको प्रमुख कार्यालय गैरीधारामा आज भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बालमन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई रु एक लाख ५० हजारको चेक हस्तान्तरण गरे।
बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल सङ्गठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकामा यस वर्ष कोभिड—१९ को कठिन अवस्थालाई विचार गरी ती सामग्री खरिदका लागि नगद सहयोग गरिएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
बाल मन्दिरका अध्यक्ष न्यौपानेले आफूहरुलाई सम्झेर सहयोग गरेकामा बैंक परिवारलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया