कारोबार


आयो नेपालको सबैभन्दा ठूलो अनलाइन बिक्री मेला : दराज ११.११, यस्ता छन् छुट अफर

आयो नेपालको सबैभन्दा ठूलो अनलाइन बिक्री मेला : दराज ११.११, यस्ता छन् छुट अफर

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ८:४९,

नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यही नोभेम्बर ११ (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा गरेको छ।

अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निस् शुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन्।

यसपालिको ११.११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्ड मार्फत समान अर्डर गर्दा २० प्रतिशत (रु ३००० सम्मको) छुट पाउनेछन्। यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य छन्।

यस छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्ड मार्फत अनलाइन शपिंग गर्न मिल्ने हुनपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

११.११ मा ग्राहकहरुले ूदराज वन रुपैयाँ गेम, एड टु कार्ट एण्ड विन, मिसन ११.११, र डिएफजी लुडो प्रतियोगिताजस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरस्कारहरु जित्ने मौका पनि पाउनेछन्। दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरस्कारसहित १५ हजार रुपैयाँ जित्न सक्नेछन्।

साथै, ग्राहकहरूले ११ ११ मा शपिंग गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन। ११.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ।

त्यसैले नेपालका २७ सहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ।

साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाइ र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा, २०२० को दाराज ११.११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सबैभन्दा ठूलो अनलाइन सेल हुने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad