ad ad

कारोबार


सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डका रुपमा मानवतावाद

सन् २०२० र ओपोको प्राविधिक विकास मेरुदण्डका रुपमा मानवतावाद

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १३:४३,

वर्षको सुरुवातमै कोभिड-१९को प्रकोपले सबैका लागि चुनौति र संघर्षको अवस्था सिर्जना गर्‍यो। कठिन समयका बावजुत अपबादका रुपमा रहेको यो समयमा पनि ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिइनै रह्यो।

यस वर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ। ब्यवसायिक नवप्रबर्तनको मूल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाई छ। यसकालागि ओपो निरन्तर गुणात्मक नव प्रबर्तनकालागि प्रेरित हुने गरेको छ। यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभुति दिन ओपोले निरन्तर रुपमा अग्रगामी प्रविधि पस्किँदै आएको छ।

स्टे होम, स्टे स्मार्ट
विश्वभर कोरोनाभाइरसको महमारीका कारण मानिसहरु घरभित्रै सिमित रहनुपर्ने दुर्भाग्यपूर्ण अवस्था थियो। तनावपूर्ण अवस्थामा पनि जीवनमा खुशीयाली ल्याउने साना साना कुरा मार्फत हामी हाम्रो मुडमा सुधार ल्याउन सक्छौँ। ओपोको यूडब्ल्यूबी स्पासियलअवेरनेस प्रविधि त्यस्तै साना कुरा मध्य एक हो।

 घरमै बसिरहेको अवस्थामा ओपोको यूडब्ल्यूबी स्पाशियल अवेरनेस प्रविधिले आफ्ना आईओटी उपकरणहरु मार्फत जीवनमा सहजता ल्याउन सघाउँछ। यसको माध्यमबाट मोबाइल फोन मार्फत उपभोक्ताले स्मार्ट उपकरणहरुमा सहज नियन्त्रण पाउन सक्छन्।

उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथ लगायत घरमा रहेका अन्य उपकरणहरु हल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ। यिनका माध्यमबाट घरमै रहेको अवस्थामा पनि आफ्नो ध्यान एकाग्र गरी काममा केन्द्रित हुन सकिन्छ।

भर्चुअल र भौतिक विश्वको अभिसरण
बिदाको योजना बनाउँदा साथी तथा परिवारका साथमा सानो जमघट तथा भेला गरी रमाउने चाहना सबैको हुन्छ। यस्तोमा यदी तपाईको दिशा सम्बन्धी ज्ञान राम्रो नभएमा ओपोको नयाँ नेभिगेशन प्रणाली तपाईँका लागि उपयोगी हुन सक्छ। नयाँ आरटीके पोजिशनिङ अल्गोरिथमले ओपो स्मार्टफोनमा अवस्थितीका बारेमा जानकारीका लागि १ मिटरभन्दा न्यून एक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ।

यसले दूई मेजरिङ स्टेशन्सका विचमा रहेको डाटा मापन गरी सटिक अवस्थिती प्रदान गर्न प्रयोग गर्छ। तर, यो सुरुवातमात्र हो, भौतिक जगतमा नहराउनु मात्र पर्याप्त हैन। ओपोले यस क्षेत्रमा अझ रोचक-ओपो साइबरियल पनि प्रस्तुत गरेको छ।

सुपर एआर एपका रुपमा सटिक अवस्थिती सेवा उपलब्ध गराउने, ओपो साइबरियलमा जीपीएस, वाईफाई र ब्ल्यूटूथ जस्ता मोबाइल उपकरण मार्फत उपलब्ध हुने डाटा पनि जडान गरिएको छ। साथै, एसएलएएम र एआई सिनअल्गोरिथमले मिलिसेकेण्ड्समै लोकलाइजेशन सेवा उपलब्ध गराउँछ जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ।

आउटडोर नेभिकेशनका साथै सपिङमल्स लगायत घुमिरहँदा प्रयोगकर्ताले प्रदर्शनीमा राखिएका उत्पादनका साथै भर्चुअल ईन्टरटेनमेन्टको मज्जा पनि लिन सक्छन्। ओपो साइबरियलले प्रयोगकर्तालाई वास्तविक विश्वका पूणः निर्मित विवरण विस्तृतरुपमा प्रस्तुत गर्नुका साथै एआरसँगको समन्वय मार्फत विस्तृत डिजिटल जानकारी पनि प्रस्तुत गर्छ।

 मनपर्‍यो? तस्विर खिच्नुस्
जीवन्त तस्विर तथा भिडियोका साथ अमूल्यपलहरु सम्झनाका रुपमा कैद गर्न चाहनु हुन्छ? त्यसो हो भने, ओपोको नेक्स्ट जेनरेशन हाइब्रिड जुमप्रविधि उपयुक्त हुनेछ। ओपोले दैनिकजीवनमा बृहत्तरुपमा प्रयोग हुने ८५एमएम र १३५एमएमफोकल लेन्थमा विशेष सुधार प्रस्तुत गरेको छ। यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा सटिक कलर रिप्रडक्शन र विस्तृत विवरणकासाथ जीवन्त तस्विर लिन सक्नेछन्।

साथै, कम्प्युटर भिजन र प्याटर्न रिकग्निशनकन्फरेन्स (सीभीपीआर) २०२०मा ओपोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युशन प्रविधिकालागि २ ओटा प्रथम स्थान र दूई तृतिय स्थानका लागि अवार्ड हात पारेको छ। यस प्रविधिले धमिला तस्विरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ।

साथै, भिज्यूअल लोकलाइजेशन फिचरका माध्यमबाट तस्विर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचान गर्न तथा भिडियोमा मानव क्रियाकलापकाबारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ। यी सबै प्राविधिक विकासका माध्यमबाट आफ्ना प्रियमानिसहरुका साथमा तस्विर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ।

अझ तीव्र, अझ उत्कृष्ट
उपर्युल्खित परिवेशहरु नियाल्दा आजको दैनिकी स्मार्टफोन विना अनुमान गर्न असम्भवप्रायः देखिन्छ। फोन चार्ज गर्ने कुरा सम्झिँदा प्लगइन गरी लामो समयसम्मका लागि यसबाट टाढा रहनुपर्ने बाध्यता धेरैको स्मृतिमा ताजै हुन सक्छ। फ्ल्याशचार्ज प्रविधिको अग्रणीका रुपमा ओपोले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित, तीब्र र सुलभ अल्ट्रा-फास्ट चार्जिङ अनुभव प्रदान गर्दै ब्याट्री सकिने समस्याबाट छुटकारा प्रदान गर्ने अठोट गरेको छ।

यस वर्ष ओपोले १२५वाट सुपर फ्ल्याशचार्ज र ६५वाट एयरभोक ताररहित फ्ल्याशचार्ज सोल्यूशन सार्वजनिक गरिसकेको छ। त्यसैगरी, अल्ट्रा स्मलपोर्टेबल ५०वाटमिनी सुपरभोक चार्जर र ११०वाटमिनी फ्ल्याशचार्जरपनि सार्वजनिक गरेको छ। ओपोको १२५वाट फ्ल्याशचार्जमार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमा प्रयोगकर्ताले दिनभर निर्धक्क भई आफ्नो फोनको प्रयोग गर्न सक्छन्।

त्यसैगरी, ओपो ईन्नो डे २०२०को कुरा गर्दा ओपोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ नारालाई अघि सारेको थियो। यस उद्देश्यका साथमा प्रयोगर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ। सन् २०२० ओपोका लागि निकै अर्थपूर्ण रह्यो। भविष्यमा पनि थप रोचक नवप्रबर्तनहरुका साथमा आफ्ना विश्वभरका प्रयोगकर्तालाई अभूतपूर्व प्राविधिक अनुभव बाँड्नु ओपोको उद्देश्य रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .