कारोबार


राष्ट्रिय वाणिज्य बैंकले नविनतम व्यवसायलाई सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंकले नविनतम व्यवसायलाई सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म लगानी गर्ने

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १२:१४,

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सुरु भएको छ।

सरकार, वित्तीय संस्था र निजी क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन्।

काठमाडौंमा बुधवार आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे। सो अवसरमा पूर्व प्रधानमन्त्री नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए। नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाई थियो।

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को वेबसाइट मार्फत नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ।

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालीमप्रदान गरी सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ। नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा योजना मन्त्री कैलाप्रसाद ढुङ्गेल, राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौडेल, बागमती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिए। कार्यक्रममा युवा उद्यमी तथा सरोकारपक्षहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad