खेल


दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा (तस्बिर)

दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा अन्तिम १६ मा (तस्बिर)

नेपालखबर
असार १५, २०८३ सोमबार ४:५४, काठमाडौँ

दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप- २०२६ कोप्रिक्वार्टरफाइनल  (अन्तिम १६)मा प्रवेश गरेको छ।

गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनमा प्रवेश गरेको हो।

क्यानडा जारी विश्वकपको सह-आयोजकसमेत हो। 

क्यानडाका लागि स्टेफेन युस्टाकियोले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो।

खेलको ९० मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल भएको भएन। इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई जित दिलाएका हुन्। 

निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भएका छन्।

तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो।

क्यानडा समूह ‘बी’ मा दोस्रो र दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad