खेल


एम्बाप्पे हावी हुँदा रोकियो मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा (तस्बिरहरू)

एम्बाप्पे हावी हुँदा रोकियो मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा  (तस्बिरहरू)

नेपालखबर
असार २६, २०८३ शुक्रबार ८:४, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १-१ गोल गरे। 

पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरेका थिए। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १-१ गोल आफ्नो टोलीलाई सेमीफाइनमा पुर्याएका छन्। 

यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ।

एमबाप्पेले पहिलो हाफको २८औँ मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले रोकेका थिए। 

२५औँ मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई फल गरेर पेनाल्टी बक्समा ढालेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए। 

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डुएको पासमा  एम्बाप्ले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ६६ औँ मिनेटमा डेम्बेले जितका लागि निर्णायक गोल गरे।

सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ।

हेर्नुहोस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad