कारोबार


सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

नेपालखबर
पुस २, २०७७ बिहिबार १५:५५,

सोलुखुम्बुमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा आज यसको सफल परीक्षण उडान भएको हो।

अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए। प्याराग्लाइडिङ पाइलट पेम्बावाङ्छु शेर्पाले आफ्नै गाउँको आकाशमा उडाउन पाउँदा खुशी लागेको बताए।

नेपालका विभिन्न क्षेत्रमा प्याराग्लाइडिङको उडान भर्दै आएका शेर्पाले सोलुखुम्बुका खरीखोला, वाकु र वाप्सा क्षेत्रमा यसका लागि उपयुक्त क्षेत्र रहेको बताए।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए। सगरमाथा क्षेत्र लुक्ला नाम्चे जानका लागि सडक मार्गको नजीक पर्ने उक्त क्षेत्रमा पर्यटकका लागि प्याराग्लाइडिङ उपयुक्त हुने वडाध्यक्ष शेर्पाको भनाइ थियो।

अब यसलाई नियमितरुपमा व्यावसायिक ढङ्गले सञ्चालनको तयारी भइरहेको र यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad