समाज


स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

नेपालखबर
असार १६, २०८३ मंगलबार २१:२, काठमाडौँ

सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।

पायोनियर एजुकेसन एकेडेमीको को१ ख ३५९९ नम्बरको बसले किच्दा सहचालक लहान नगरपालिका–२२ बस्ने २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेबरसाइन नगरपालिका–८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी–२ पर्सामा बस्दै आएकी ५ वर्षीया समीक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।

बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको अवस्थामा बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले दुवै जनालाई किचेको थियो।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad