समाज


तुइन खोलामा पहिरो खस्दा अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउने प्रयास जारी (भिडिओ)

तुइन खोलामा पहिरो खस्दा अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउने प्रयास जारी (भिडिओ)

तुइन खाेलास्थित मुग्लिन-नारायणगण सडकको वर्तमान अवस्था: सडक डिभिजन भरतपुरले राखेको भिडिओबाट स्क्रिनसट


नेपालखबर
असार १७, २०८३ बुधबार १०:५८, काठमाडौँ

मुग्लिन-नारायणगढ सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा दुवैतर्फ यातायात अवरुद्ध भएको छ।

आज बिहान करिब १०:४० बजे खसेको सुक्खा पहिरोको कारण सडक बन्द भएको हो। 

सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ।

पहिरो पन्छाएलगत्तै सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। 

साथै सडक डिभिजनले भनेको छ, ‘राेकिएर बसेका सवारीसाधनहरू आफ्नो लेन अनुशासन पालना गर्नुहुनहुन अनुराेध गरिन्छ।’

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad