प्रहरीले शंकास्पद तरिकाले कवाडीजन्य सामग्री बोकेर राजधानीबाट बाहिरिन लागेका ११ वटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकप्वाइन्ट र काठमाडौँ महानगरपालिका १४ बल्खुमा चेकजाँचका क्रममा ति सवारी साधन नियन्त्रणमा लिइएका हुन्।
काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेका कवाडीजन्य लगायतका मालसामान बोकेका उक्त ट्रकहरू शङ्कास्पद अवस्थामा रहेको प्रहरीको भनाई छ।
नियन्त्रणमा लिइएका ट्रकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।
नियन्त्रणमा लिइएका ट्रकहरू
१. बा. प्र. ०३-००१ ख ५०३०
३. प्रदेश ३-०१-००५ ख ९७२४
४. लु. २ ख. ००६५
५. ना. ५ ख. १७१०
६. बा. प्र. ०३-००१ ख २०१५
७. बा. ५ ख. ८२११
८. लु. २ ख. १००६ ख
९. ना ६ ख १४३९
१०. प्रदेश १ -०२-००१ ख ८०७१ ११. ना ६ ख ७७१६
672
Shares

प्रतिक्रिया