चिनी उद्याेगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी माग गर्दै आन्दोलनरत उखु उत्पादक किसान र सरकारबीच चारबुँदे सहमति भएको छ।
आज (सोमबार) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानले चिनी उद्योगबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिबद्धता जनाएको हो।
याेसँगै १६ दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु उत्पादक किसान आन्दोलन स्थगन गर्न सहमत भएका छन् ।
२१ दिनभित्र किसानको रकम उपलब्ध नगराउने उद्योगीलाई कानुनी कारबाही गर्ने सरकारले सहमति गरेको छ।
हेर्नुहोस्, समझदारी पत्र :


24
Shares

प्रतिक्रिया