नेपाल राष्ट्र बैंकले सरकारी चेकको रकम भुक्तानी १५ दिनभित्रै गरिसक्न सबै वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।
आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो।
सरकारले गत १९ गते राजपत्रमा सूचना जारी गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने उल्लेख गरेको थियो।
सोसँगै राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो। यसअघि ३० दिनभित्र चेकको रकम भुक्तानी गर्न पाउने व्यवस्था थियो।
उक्त सूचना प्रकाशित हुनुअघिका चेकको हकमा भने साबिककै व्यवस्था कार्यान्वयन गर्न र त्यसपछिका चेकको भने १५ दिनमै भुक्तानी दिन राष्ट्र बैंकले भनेको हो।

प्रतिक्रिया