कारोबार


उद्योगी-व्यवसायीसँग निरन्तर छलफलमा प्रधानमन्त्री शाह, आज नेपाल अर्ग्यानिक संघसँग

उद्योगी-व्यवसायीसँग निरन्तर छलफलमा प्रधानमन्त्री शाह, आज नेपाल अर्ग्यानिक संघसँग

नेपालखबर
साउन ७, २०८३ बिहिबार १०:१, काठमाडौँ

उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहीबार नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग अन्तरक्रिया गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा हुनेछ। 

छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि-फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनेछन्। 

यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो।

प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति केही समययता सम्बन्धित उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad