नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।
आज जारी सूचनामा निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ भने पेट्रोल, डिजल र मट्तिेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।
नयाँ मल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरेको छ।
निगमले हवाई इनधनको मूल्य भने यथावत कायम राखेको जनाएको छ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकोले मूल्य बढाउनुपरेको भन्दै निगमले यसरी मूल्य नबढाए पाक्षिक रुपमा ९७.७५ करोड घाटा हुने जनाएको छ।
प्रतिक्रिया