कारोबार


बैंकको ऋण तिर्न नसक्नेका लागि ६ महिना समय थपियो

बैंकको ऋण तिर्न नसक्नेका लागि ६ महिना समय थपियो

नेपालखबर
फागुन २, २०७७ आइतबार १४:३०,

नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसकी बसेका ऋणीहरुलाई असारसम्म पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था ल्याएको छ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालिएका कदमबाट अर्थतन्त्रमा परेको असरलाई दृष्टिगत गरी राष्ट्र बैंकले ऋणको ब्याज र किस्ता तिर्न अवधीलाई बढाइदिएको हाे। राष्ट्र बैंकले पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने मिति पुस मसान्तसम्म रहेकोमा त्यसलाई असार मसान्तसम्मको अवधी थप गरिदिएको हो।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समिक्षा मार्फत कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई असारसम्मको म्याद दिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।

आइतबार भएको समिक्षामा कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने छ।’

1_13.jpg

मौद्रिक नीति साउनमा ल्याउँदा ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरिएको थियो।

पुस मसाल्तसम्म अर्थात् ६ महिना सम्मलाई लिइएको पुनतालिकीकरण गर्ने व्यवस्थालाई एका वर्ष गरेको हो भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको हो। अर्थात् १० प्रतिशतलाई ५ प्रतिशत गरिएको हो।

गर्भनर अधिकारीले भने ‘कोरोनाको कारणले व्यवसायीहरु धरासायी बनेका छन्। अझै उद्योग व्यवसायहरु पूर्ण रुपमा संचालन हुन सकेका छैनन्। त्यसकारणले गर्दा यो सुविधा आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad