कारोबार


वाणिज्य विभागमा अख्तियारको स्टिङ अपरेसनः नासुसहित २ जना पक्राउ

वाणिज्य विभागमा अख्तियारको स्टिङ अपरेसनः नासुसहित २ जना पक्राउ

नेपालखबर
फागुन ३, २०७७ सोमबार ८:४६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबरमहलमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा स्टिङ अपरेसन गरी दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

आयोगको टंगालबाट गएको टोलीले नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई नगद ८ हजारसहित नियन्त्रणमा लिएको हो।

नासु चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिन लेखापढी काम गर्ने दाहाललाई भेट्नु भनेकोमा कर्मचारीहरु समेत मिलाउनुपर्ने भन्दै अतिरिक्त रकम मागेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

सो क्रममा दाहालले चन्दलाई ८ हजार रकम दिइसकेको अवस्थामा दुव जना विभाग परिसरबाटै पक्राउ परेका हुन्।

उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad