कारोबार


कोकाकोलाको जिग्री बजारमा

कोकाकोलाको जिग्री बजारमा

नेपालखबर
साउन २४, २०७६ शुक्रबार ९:४३,

कोकाकोलाको नयाँ जिग्री प्याक नेपाली बजारमा सर्वाजनिक भएको छ। २५० एमएलको प्याकमा बोटलर्स नेपाल लिमिटेड कमपनीले आफ्नो उत्पादन बजारमा ल्याएको हो।

हलुका र बोक्नलाई सहज भएकोले यो प्याक लोकप्रिय बन्ने कम्पनीले दावी गरेको छ। उपभोक्ताले यो प्याक कोकाकोला , स्प्राईट तथा फान्टामा पानउे छन्। आज एक कार्यक्रम गर्दै कमपनीले यो प्याक सार्वजनिक गरेको थियो। बजारमा भने आइतबारदेखि उपलबध हुनेछ।

कार्यक्रममा नेपालका लागि कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंघले जिक्रि पयाकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकले प्रदान गर्ने बताए। त्यस्तै बोटलर्स नेपाल लिमिटेड म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले नेपालमा कोकोकोला उत्पादन स्टेट आफ आर्ट प्रविधिमा उत्पादन सुरु गरिएको छ।

यो प्रविधि विशवको थोरै मुलुकमा मात्रै छ त्यसमा नेपाल पनि परेकोमा खुसी हुने अवस्था रहेको छ। यसका साथै हामी जिम्बेवार दिगो व्यवसया गर्न रुचाउन कम्पनी भएकोले उपभोक्ताको माग र उनीहरुको सहजतालाई हेरेर उत्पादन गर्दै आइरहेको उनले बताए।

कम्पनीको अनुसार यो अल्ट्रालाईट बोतल भएको र अन्य पीईटी जस्तै रिसाइकल पनि गर्न मिल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad