आज सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरमा बढेर छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन आज ८८ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।
चाँदीको भाउ पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। संघका अनुसार आज उक्त दरमा बढेर १३ सय ३० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन छापावाल सुन ८८ हजार ३ सय, तेजाबी सुन ८७ हजार ८ सय ५० र चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ प्रतिऔँस १६ अमेरिकी डलर बढेको छ। उक्त दरमा बढेको सुनको आज प्रतिऔँस १७ सय ५० दशमलव ६२ अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया