कारोबार


आज सुन किन्दै हुनुहुन्छ? १७ सय रुपैयाँले घट्यो मूल्य

आज सुन किन्दै हुनुहुन्छ? १७ सय रुपैयाँले घट्यो मूल्य

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ५:५१,

सुनको मूल्य आज ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले सस्तो भएर ८७ हजार रुपैयाँमा झरेको छ।

अघिल्लो दिन छापावाल सुन ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर ८६ हजार ५ सय ५० रुपैयाँमा झरेको छ। सोमबार ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी पनि आज ४० रुपैयाँ सस्तो भएको छ। आज प्रतितोला १२ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको संघले जनाएको छ।

यता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस ११.९७ अमेरिकी डलर सस्तो भएको छ। एजेन्सीहरुका अनुसार आज १७ सय १३ दशमलव ०९ अमेरिकी डलर प्रतिऔँसमा सुनको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad