कारोबार


सात महिनामा भित्रिए सवा अर्बका राउटर, २ सय प्रतिशतले बढ्यो आयात

सात महिनामा भित्रिए सवा अर्बका राउटर, २ सय प्रतिशतले बढ्यो आयात

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १२:२२,

मुलुकमा इन्टरनेट विस्तार बढेसँगै विदेशबाट ल्याउनुपर्ने यससम्बन्धी सामग्रीको आयात ह्वात्तै बढेको छ।

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट विस्तार गर्दा अनिवार्य रुपमा चाहिने राउटरको आयात उच्च हुनथालेको छ।

पछिल्लो पाँच महिनाको अवधिमा यसको आयात २ सय प्रतिशतभन्दा धेरैले बढेको छ। पछिल्लो सात महिनाा मात्रै एक अर्बभन्दा धेरै मूल्य बराबरको राउटर आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्यांकअनुसार १ अर्ब २४ करोड ५८ लाख ९५ हजार रुपैयाँबराबरको ४ लाख ७७ हजार २ सय ४४ वटा राउटर आयात भएको छ।

भदौ महिनामा मात्रै ४० करोड २८ लाख ५२ हजार रुपैयाँबराबरको १ लाख ४४ हजार एक सयवटा राउटर आयात भएका थिए।

इन्टरनेट विस्तारमा राउटरको प्रयोग अनिवार्य छ। इन्टरनेट सेवा प्रदायकहरुले राउटर आयातमा उच्च भन्सार दर भएको भन्दै यसलाई घटाउन माग गर्दै आएको छन्।

नेपालमा इन्टरनेटको मूल्य घटाउने हो भने राउटर आयातमा लाग्दै आएको १५ प्रतिशत आयात शुल्क घटाउनुपर्ने माग छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले

नेपालमा इन्टरनेट मूल्य बढ्नुमा राउटमा लाग्दै आएको करमा एक कारण रहेको बताए।

इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढ्को कारणबारे जानकारी गराउँदा राउटरमा लाग्दै आएको करलाई पनि समावेश गरेका छन्।

नेपालमा ४० भन्दा धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्। ग्राहक तान्न यी ग्राहकबीच चर्को प्रतिस्पर्धा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .