ad ad

समाज


छिमेकका ४ वर्षीय बालकलाई लिएर बबईमा पौडी खेल्न गएका युवक फर्किएनन्, मध्यराति भेटियो दुवैको शव

छिमेकका ४ वर्षीय बालकलाई लिएर बबईमा पौडी खेल्न गएका युवक फर्किएनन्, मध्यराति भेटियो दुवैको शव

नेपालखबर
जेठ ६, २०८१ आइतबार ११:३०, काठमाडौँ

सल्यानमा स्थानीय बबई नदीमा डुबेर चार वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ। 

कालिमाटी गाउँपालिका- ७ सल्यानथरीस्थित बबई नदीमा डुबेर शनिबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका- ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र उनका छिमेकी प्रकाश परियारका छोरा ४ वर्षीय सुवास छन्। 

‘शनिबार दिउँसो घरबाट पौडी खेल्न बबई नदीमा गएको बेला उनीहरुको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले नेपालखबरसँग भने, ‘साँझसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले नदी क्षेत्रमा खोजी गरेका थिए। गएराति साँढे ११ बजे बबईको पुल नजिकै उनीहरुको शव फेला परेको हो।’

उनीहरुको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको छ। 

दिलबहादुरले बालकका बुवा प्रकाश परियार घरमा नभएको बेला बालकलाईसमेत साथमा लिएर नदीमा पौडी खेल्न गएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .