ग्लोबल टाइम्सका अनुसार ‘मेक योर कम्पनी ग्रेट अगेन’ नारासाथ बुद्धासनमा रहेको ट्रम्पको मूर्ति भाइरल भएको हो।
ट्रम्प २०१६ मा राष्ट्रपतिमा लड्दै गर्दा उनको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ थियो। त्यही नाराको झल्को दिने गरी चीनमा अहिले ‘मेक कम्पनी ग्रेट अगेन’सहित उनको पलेटी कसेर शान्तमुद्रामा बसेको मूर्ति भइरल भइरहेको हो।
मूर्तिमा हलुका शिर नुहाएर, दुवै हात पलेटीमाथि बुद्धले झैँ राखिएको छ। ताओबाओ नामक शपिङ प्लेटफर्ममा बिक्रीकर्ताले १ सय ५३ अमेरिकी डलर कम्तीमा अर्थात् ९९९ युआनदेखि ३ हजार ९ सय ९९ युआन पर्ने गरी मूल्य समेत राखिएको छ।

ट्रम्पले आफू राष्ट्रपति रहँदा सबैले भन्दा आफूले धेरै कुरा जानेको भन्ने गरेका थिए। बिक्रीकर्ताले त्यही भएर ट्रम्पको बुद्धमूर्ति बनाएको उल्लेख गरेका छन्।
बिक्रीकर्ताले ट्रम्पका १०० वटा मूर्ति बनाएकामा दर्जन बढी बिक्री समेत भइसकेको छ।
सांघाईका एक मूर्ति किन्ने व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा विच्याट मोमेन्टमा मूर्ति देखेपछि खरिद गरेर घरमा सजावटका लागि राखेको बताए।
उनका अनुसार ट्रम्पले अति नै ‘इगो’ राख्ने गरेको र एउटा युगकै प्रतिनिधित्व गरेका छन्। त्यो युग गइसके पनि ट्रम्पजस्तै अति नहुन यो मूर्तिले सम्झाउने उनको धारणा छ।

प्रतिक्रिया