माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ।
सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका सञचालक रोशन केसी र विश्वप्रकाश गौतमले उक्त ट्राफिक लाइटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरे।
सवारी आवागमनलाई सुरक्षित एवम् व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो।
ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए।
सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाइटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया