करिब ३ घण्टापछि त्रिभुवन विमानस्थलको आकाश खुलेको छ।
त्रिभुवन विमानस्थलले भिजिबिलिटी १६ सय मिटर भएको जनाएको छ ।
‘अहिले भिजिविलिटी १६ सय मिटरसम्म पुगेको छ’, विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले भने, ‘अब जहाज अवतरण गर्न सक्छन्।’
दिउँसाे २ बजेदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा कुनै पनि जहाज अवतरण गर्नसकेका थिएनन्।
प्रवक्ता कर्णले आन्तरिक उडान डाइभर्ट गरिएको र अन्तर्राष्ट्रिय उडानलाई होल्ड गरिएको जानकारी दिए।
यो पनि -
भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलको ट्राफिक अस्तव्यस्त, जहाज अवतरण गर्न सकेनन्

प्रतिक्रिया